नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • सरकारले संविधानको मर्मविपरीत काम गरेको भट्टराईको आरोप

सरकारले संविधानको मर्मविपरीत काम गरेको भट्टराईको आरोप

सरकारले संविधानको मर्मविपरीत काम गरेको भट्टराईको आरोप

चितवन, २१ माघः जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिनुभयो । “पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौँ”, उहाँले भन्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका