काठमाण्डौ- आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यबसायी महासंघका अनुसार आज पनि सुनको मूल्य हिजोकै मूल्यामा कारोबार भइरहेको छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । त्यस्तै आज भने चाँदीको मूल्य घटेको छ । महासङ्घकाअनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।