नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • भैंसीगोठमा आगलागी हुँदा भैँसीगोठ र चौपाया जले

भैंसीगोठमा आगलागी हुँदा भैँसीगोठ र चौपाया जले

भैंसीगोठमा आगलागी हुँदा भैँसीगोठ र चौपाया जले

जलेश्वर, २० माघः महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीगोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जलेको हो ।

सो आगलागीमा कुनै मानवीय क्षति नभए पनि गोठ र चौपाया गरी करीब रु दुई लाखको क्षति भएको पीडित बिल्टुले बताउनुभयो । वारुणयन्त्र र अन्य पानी निभाउने साधनका अभावमा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका