नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • ऋतिक रोसनकी सीता बन्दै चर्चित नायिका दीपिका

ऋतिक रोसनकी सीता बन्दै चर्चित नायिका दीपिका

ऋतिक रोसनकी सीता बन्दै चर्चित नायिका दीपिका

काठमाडौं- बलिउड चर्चित नायिका दीपिका पादुकोण र ऋतिक रोसन एक साथ फिल्ममा देखिने भउका छन् । उनीहरुले फिल्ममा राम र सीताको भुमिका निभाउन लागेको बताइएको छ ।

मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले श्रीराम र दीपिकाले सीता माताको भूमिका निर्वाह गर्नसक्ने बताइएको छ ।

सय करोड रुपैयाँ को बजेटमा निर्माण हुन लागेको फिल्मलाई नितेश तिवारीले निर्देशन गद्र्यैछन् । तिवारीले यसअघि ‘दंगल’ र ‘छिछोरे’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

मधु मन्टेनाले यस भव्य महाकाव्यसँग जोडिएका हरेक दृश्यलाई भव्यताका साथ दर्शाउने प्रयास गरिरहेका छन् ।

मेन्टनाले यस प्रोजेक्टमा काम गर्नका लागि धेरै अनुसन्धानकर्ताहरुलाई लगाएका छन्, ताकि यस भव्य महाकाव्यलाई थप भव्य रुपमा पर्दामा देखाउन सकियोस् ।’

यस अघि दिपिका पादुकोण र अभिनेता ऋतिक रोशन चाँडै नै फिल्म ‘फाइटर’ मा देखिदैछन् । यी दुई कलाकार एकसाथ पर्दामा देखिन लागेको यो पहिलो पटक हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका