नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • कोभिड–१९ बाट नेपाली कांग्रेसका नेता आचार्यको निधन

कोभिड–१९ बाट नेपाली कांग्रेसका नेता आचार्यको निधन

कोभिड–१९ बाट नेपाली कांग्रेसका नेता आचार्यको निधन

काठमाडौँ, १९ माघः नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उहाँका कान्छा भाइ युवराज आचार्यले जानकारी दिनुभयो ।

उहाँको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका