नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • घट्यो कुखुराको मासुको मूल्य

घट्यो कुखुराको मासुको मूल्य

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं, १९ माघ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो ।

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिवार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।

मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ्लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा संक्रमण नदेखिएकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।

यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए । मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू त्रस्त भएका छन् ।

कोरोना महामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ्लु भित्रिनु किसानका लागि थप चिन्ताको विषय बनेको सरोकारवालाहरूले बताएका छन् ।

कुखुरामा संक्रमण पुष्टि भइनसेकाले किसानहरूलाई हतास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ । यो खबर आजको आर्थिक अभियनमा छापिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका