नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • ससद विघटनलाइ सर्बोच्चले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको कांग्रेस नेता सिटौलाको भनाइ

ससद विघटनलाइ सर्बोच्चले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको कांग्रेस नेता सिटौलाको भनाइ

ससद विघटनलाइ सर्बोच्चले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको कांग्रेस नेता सिटौलाको भनाइ

नेपाली कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने , नेपाली कांग्रेसमा आस्था राख्ने मानिसहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि र कांग्रेस युवानेता एबम नेबिसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले विशेष अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितीका अध्यक्षहरु ,विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिती थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले संबैधानिक अधिकारनै न भइकन प्रधानमन्त्री के पी शर्मा ओलीले ससद विघटन गरेकाले त्यसलाई सर्बोच्च अदालतले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको बताउनु भयो साथै सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाइ असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट भएको बताउनु भयो ।

उहाले चुनाव गर्ने चाहनाले संसद विघटन गरेको न भई जनतामा निरासा पैदा गराई अहिलेको ब्यबस्थालाई नै अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री के पी ओली लागिपरेको बताउनुभयो । उहाले आ_ आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको बिरोध गर्न आग्रह पनि गर्नु भयो ।

करिब ३ घण्टा चलेको अन्तरक्रियामा झापा-काठमाडौ सम्पर्क समितीका उपसभापती रोशन लामिछाने , कोषाध्यक्ष खेम प्रसाईं,कांग्रेस युवानेता कुन्दनराज काफ्ले लगायत महानुभावहरुले आफना भनाइहरु राख्नु भएको थियो ।कार्यक्रम झापा-काठमाडौ सम्पर्क समिती छेत्र न ३ का उपसभापती रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका