नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कपिलले मुख खोले कार्यक्रम बन्द गर्नुको कारण

कपिलले मुख खोले कार्यक्रम बन्द गर्नुको कारण

कपिलले मुख खोले कार्यक्रम बन्द गर्नुको कारण

काठमाडौं- कपिल शर्मा आफ्नो कार्यक्रम बन्द गनुपर्ने कारण आफैले खुलाएका छन् । कपिलले कार्यक्रम बन्द गर्न लागेको विषयले चौतर्फी चर्चा पाइरहेका बेला कपिल आफैले मुख खोलेका हुन् । कपिलले गर्भवती श्रीमतीलाई समय दिनको लागि शोबाट केहि समयको लागि ब्रेक लिएको बताएका छन् ।

माजिक सञ्जाल ट्विटरमा कपिलले आफ्ना शुभचिन्तको प्रश्नको उत्तर दिँदै यस्तो बताएका हुन् । कार्यक्रम बन्द गरेर कपिलले अरु केही गर्ने योजना बनाएका होइनन् । कार्यक्रममै धेरै व्यस्त हुँदा विवाहको वार्षिकोत्सवमा पनि आफ्नी श्रीमतीसँगै मनाउन नपाएका उनले समय दिनका लागी ब्रेक लिएका हुन् ।

ट्वीटरमा कपिलले आफ्नी श्रीमतीले दोस्रो सन्तानलाई जन्म दिन लागेको उल्लेख गरेका छन्। फ्यानले ‘कार्यक्रम किन बन्द गर्न लागेको होरु’ भन्दै सोधेको प्रश्नमा उत्तर दिँदै कपिलले भनेका छन्,‘किनभने हाम्रो दोस्रो बच्चालाई स्वागत गर्न म मेरी श्रीमतीसँग घरमा हुनु आवश्यक छ।’ कपिलको शो अत्यन्तै मन पराइएको शो हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका