नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौँः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहनुभएका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका