नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी, ९ माघः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ की २५ वर्षीया महिला हुन् । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ६७१ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ४६४ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका