नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ ८ । र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ ।

झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन रहेको छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ ।

सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताउनुभयो ।

झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुसान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका