नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • हार्दिक श्रृद्धाञ्जली यमबुद्ध, तिमीलाई गुमाएको पनि आज ४ वर्ष भएछ

हार्दिक श्रृद्धाञ्जली यमबुद्ध, तिमीलाई गुमाएको पनि आज ४ वर्ष भएछ

हार्दिक श्रृद्धाञ्जली यमबुद्ध, तिमीलाई गुमाएको पनि आज ४ वर्ष भएछ

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीले नेपहप गीत शब्दहरुको भिडियो सार्वजनिक गरेका छन् । चर्चित नेपाली र्यापर अनिल अधिकारी यमबुद्धको सम्झनामा उनी स्वार्गारोहण भएको ४ वर्ष पुरा भएको दिनमा बिहिबार गायक सुनिल गिरीले शब्दहरुको भिडियो सार्वजनिक गरेका हुन् ।

सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता लोकलयमा आधारित दर्जनौँ गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर चर्चा कमाएका गायक गिरीले पहिलो पटक यसरी र्याप गीतको भिडियो ल्याउनुको पछाडिको मुख्य कारण नै र्यापर यमबुद्धप्रतिको सम्मान भएको बताउँछन् ।

शब्दहरुमा यमबुद्धप्रतिको सम्मानमा उनले भनेका छन् आज भोली झलझली यमबुद्ध सम्झीराछु । र्याप गीतमा देखिएको बढ्दो बिकृतिप्रतिको प्रहार र यमबृद्धको कामको तारिफ गर्दै यस गीतमा उनले खुलेर यमबुद्धप्रति सम्मानभाव प्रकट गरेका छन् । यमबुद्धको निधन १४ जनवरी २०१७ मा बेलायतमा भएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका