नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • अर्थाभावले तीन वर्षदेखि ओछ्यानमै

अर्थाभावले तीन वर्षदेखि ओछ्यानमै

अर्थाभावले तीन वर्षदेखि ओछ्यानमै

सिमकोट, १ माघ: तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी दिनुभयो । तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई शुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँ लगिए पनि अर्थाभावकै कारण समस्या भएको जनाइएको छ ।

चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो । तीन महिना अगाडि बिरामीलाई काठमाडौँ लगे पनि सञ्चो नभएको बताइएको छ ।

अर्थाभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताउनुभयो । आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उहाँले सुनाउनुभयो । उहाँले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका