बेनी, २५ पुसः बेनीस्थित म्याग्दी बालगृहका बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिँदै । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भई हाल नर्वेमा रहनुभएकी गङ्गा लामगाडेले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा सहयोग गर्नुभएको हो ।
बालगृहमा रहेका १२ जना बालबालिकालाई लामगाडेले गर्नुभएको करिब रु १० हजार बराबरको ज्याकेट, स्वइटर, पाइन्टलगायतका कपडा उहाँकी बहिनी गरिमा सुनारले वितरण गर्नुभएको थियो । तस्वीरः कमल खत्री/रासस