काठमाडौँ । भारतीय चर्चित टेलिशृखला बालिका बधुकी फुच्चि अविका गौर अहिले जवान भएकी छिन् । बालिका बधुमा आनन्दीको भूमिका निर्वाह गरेकी अविका ससुराल सिमरकामा सिमरको भूमिकाबाट निकै चर्चित छिन् ।
बालिका बधुमा फुच्चि रोलमा देखिएका अविकाले बाल कलाकारका रुपमा काम सुरु गरेकी थिइन् । बालिका बधु हुँदै ससुराल सिमरकामा काम सुरु गरेकी सुन्दरी सिमरले लामो समय सोही भूमिकामा राज गरिन् ।
हाल जवान र सुन्दर बनेकी अविकाले सलमान खानको आगामी फिल्ममा काम गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा नयाँ नयाँ तस्विरहरु अपलोड गर्दै आइरहेकी छिन् । हेर्नुहोस् तस्विरहरु…