एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन संसारकै सबैभन्दा निरंकुश साशक मानिन्छन् । उनले सबैका लागी कडा भन्दा कडा नियम बनाएका छन् । अरु त अरु आफ्नी पत्निका लागी समेत उनले नजरबन्दको जस्तो कडा नियम बनाएर अधिकांश समय सैनिकको निगरानीमा राख्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम द फक्स न्यूज डट कमले लेखेको छ ।
विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक किमले यतिसम्म दमन गरेकी आफ्नी पत्निको जन्मनाम छोडेर रि सोल जू नाम जबरजस्ती थोपरिदिए जसका कारण उनको माइती पक्षको पहिचान नै पूर्ण रुपमा गुमयो ।
आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि निकै कडा नियमहरु बनाउने क्रममा पत्नि रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच विशेष सुरक्षा दिएर राख्ने र उनको आदेशबिना दायाबाया हिँड्न र केही पनि गर्न नदिने नियम नै बनाए ।
जहाँकी किमले आफ्नी पत्निको हरेक गतिविधिमाथि समेत सेनालाई नै निगरानी राख्ने जिम्मा दिए । उनको कसैसँग पनि कुराकानी गर्ने अधिकार पनि कटौती गरिएको छ। उनीमाथी हद पार गरेर मानव अधिकार हनन गर्दै किमले एक शब्द पनि कुनै सञ्चार माध्यममा बोल्न पाउँदिनन् ।
त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर बाहिर आउँछ । रि सोल जूलाई सधैँ किम जोङसँग देखिन्छ । उनी आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान बन्देज लगाइएको छ । ३ बच्चाकी आमा रि सोल जूलाई अरु त अरु जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति पनि दिएका छैनन् किमले ।