नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • पिकअप जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

पिकअप जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

पिकअप जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

गलकोट, २३ पुस: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताउनुभयो ।

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका