नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप

केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप

केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप

संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानीने नेम्वाङले अनौँपचारीक रूपमा घुमाएर संसद विघटनको विपक्षमा बोल्ने गरेको बताइएको छ ।

नेम्वाङले सार्वजनिकरुपमा केही नबोले पनि आफूनिकट कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसँग भने संसद विघटनबारे चर्चा गर्ने गरेका छन् । सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा रहेको स्रोतको दाबी छ ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन् । चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन् ।

नेकपा ओली समूहका नेता शंकर पोखरेलले चितवनमा पुगेर पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको उनको दाबी छ । जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्नु हुन्छ’, उनले भने, ‘पहिलो संविधानसभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधानसभामा रोल्पा जाने आँट भएन ।

सिरहा पुग्नुभयो । ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्‍यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’

कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको भन्दै उनले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ ।’ हेर्नुहोस पुस २१ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका