नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • ४० दिनमा सकियो ‘कृष्ण–लीला’

४० दिनमा सकियो ‘कृष्ण–लीला’

४० दिनमा सकियो ‘कृष्ण–लीला’

काठमाडौ, २० पुस । प्रेमकथानक फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंसिर दोस्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको फिल्मको निर्देशक दीपक ओली हुन् । ‘कृष्ण–लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री सुद्धा क्षेत्री लीलाको भुमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति, रत्न सेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र सुद्धाका साथमा ब७३घढसद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना ग७३घढसरुङ, आय७३घढसष ग७३घढसरागाईलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्मस्को ब्यानरमा
निर्मित फिल्मको छायांकार शिब ढकाल हुन । झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका