नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • ग्यास्ट्रिक मात्र नभई महिनावारी गडबडीका लागि अचुक औषधि हो जाइफल, यस्ता छन् अन्य फाइदा

ग्यास्ट्रिक मात्र नभई महिनावारी गडबडीका लागि अचुक औषधि हो जाइफल, यस्ता छन् अन्य फाइदा

ग्यास्ट्रिक मात्र नभई महिनावारी गडबडीका लागि अचुक औषधि हो जाइफल, यस्ता छन् अन्य फाइदा

काठमाडौं – हामीले खाएको खाना पचाउनका लागि पेटमा एसिड बन्न थाल्छ । यदि अस्वस्थकर खाना खाएमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्न जान्छ । कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसालेदार खानाले पनि एसिडिटी बढाउने गर्छ ।

यदि तपाईलाई निद्रा लाग्दैन भने जाइफल दुधसँग मिसाएर खाँदा निद्रा लाग्छ । तपाईको हातगोडा र जीउ दुखेको छ भने जाइफललाई पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ ।

एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ । यस्तो मिश्रण बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ । यसले कब्जियत, ग्यास्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ ।नयाँ पत्रिकामा खबर छ ।

अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ । तपाईंमा एसिडिटी छ भने एलोभेराको जुस औषधि बन्न सक्छ । पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ । मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ । पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।

एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ । एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका