कर्णाली, १८ पुसः कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त । उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । तस्वीरः शुरबहादुर सिंह/रासस