नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • पल शाह, जुना सुन्दासको अभिनयमा “झुम्का किन्दिमकि” ले बाजी मार्ने सम्भावना (भिडियो सहित)

पल शाह, जुना सुन्दासको अभिनयमा “झुम्का किन्दिमकि” ले बाजी मार्ने सम्भावना (भिडियो सहित)

पल शाह, जुना सुन्दासको अभिनयमा “झुम्का किन्दिमकि” ले बाजी मार्ने सम्भावना (भिडियो सहित)

काठमाण्डौ, १७ पौष । कुनै पनि तवरबाट आफ्ना गीत संगीतका स्वाद एक कदम अगाडी हुनुपर्दछ भन्ने मान्यता जुनसुकै कलाकारहरुको हुने गर्दछ । यसै सोचको साथमा “झुम्का किन्दिमकि” बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको अडियो भिडियो निकै मेहनतका साथमा तयार गरिएको छ । किन कि हिजो जस्तो आज छैन, आज हरेक श्रोता तथा दर्शकहरुले गीत संगीतको स्तरीयता मुल्यांकन गर्दै श्रवन गर्ने भैसकेका छन् ।

गीतमा प्रदिप अधिकारी र रबिन लामिछानेले शब्द भरेका हुन् भने लय प्रदिप अधिकारीको नै रहेको छ । “झुम्का किन्दिमकि” स्वर समिक्षा अधिकारी, प्रकाश क्षेत्री र रन्जन थापा मगरको सुन्न सकिन्छ । साथै यस गीतमा धुर्बराजा धिताल, कुशल बिस्वकर्मा, राजु सुनाम प्रेम राना मगर र पिम्सरा आलेको पनि स्वरमा साथ मिलेको छ ।

“झुम्का किन्दिमकि” बोलको गीतको म्युजिक भिडियोमा पल शाह, जुना सुन्दास, अभिलिना खड्का, हेरुका लामा, मनोज बि.क, शुस्मा थापा र लक्ष्मी लिमिल्सिनको अभिनय देख्न सकिन्छ । निकै तामझामको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई अशंख्य श्रोता तथा दर्शकहरुको पर्खाइको बिषय बनेको थियो ।

अब सम्पूर्ण शोता तथा दर्शकहरुको प्रतिक्षाको घडी समापन भएको छ । माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका छन् भने छायांकन नवराज उप्रेती समुह र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीतको अडियो तथा भिडियोलाई प्रदिप अधिकारी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका