नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • संसद विघटन हुने वित्तिकै किन सुटुक्क आयो चिनिया टोली नेपाल, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर के भने ?

संसद विघटन हुने वित्तिकै किन सुटुक्क आयो चिनिया टोली नेपाल, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर के भने ?

संसद विघटन हुने वित्तिकै किन सुटुक्क आयो चिनिया टोली नेपाल, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर के भने ?

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाण्डौ आएको हो ।

उपमन्त्रीको टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुगेको हो । चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ ।

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । हेर्नुहोस पुस १३ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका