काठमाडौँ । विबाह हुनै लाग्दा हुनेवाला बेहुलीले हुनेवाला बेहुलाको झ्याको झारेकी छिन् । घटना हो बेलायतको । जहाँ ति हुनेवाला बेहुलीले आफ्नो बिहेको ठिक अघिल्लो दिन आफ्ना हुनेवाला पतिको असलियत थाहा पाएपछि विहेकै दिन बेहुलाको सातो लिइन् ।
हुनेवाला बेहुली स्टेसी नामकी ती युवतीले विहे अघिल्लो दिन उनको हुनेवाला श्रीमान एलेक्सको मोबाइलमा एक महिलालाई निकै आपत्तिजनक र अश्लील म्यासेज गरेको देखेपछि आँफुलाई संहाल्दै विबाहको अन्तिम प्रहरसम्म चुप लागेर बसिन् ।
त्यसपछि उनले चूपचाप भोलीको विहेको तयारी गरेकी थिइन् । जब भोलीपल्ट जब विबाहको माहोल उत्कर्षमा आयो त्यही बेलाको पर्खाइमा रहेकी ति युवतीले एकाएक पोल खोल्न थालिन् ।
विाहको कार्यक्रम चलिरहेका बेला एक्कासी हलमा बत्ति मधुरो हुँदै गयो । सबै बत्ती मधुरो भएसँगै एउटा प्रोजेक्टर स्क्रिन सुरु भयो । स्क्रिनमा लेखिएको थियो ‘म एलेक्ससँग बिहे गर्दिन । के तपाइँ गर्नुहुन्छ रु’ त्यसपछि स्क्रिनमा एलेक्सले अर्की महिलालाई पठाएका अश्लील म्यासेज एक पछि अर्को गर्दै देखिन थाले ।
यो सब देखेर त्यहाँ आएका सबै पाहुना दंग परे । स्टेसीले यसरी आफ्नो पोल खोलिदिन्छिन् भन्ने एलेक्सले सोचेकै थिएनन् । आत्तिएर बेहुला एलेक्स त्यहाँबाट भागेर आफ्नो ज्यान बचाए ।