नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • चीनबाट आयो अत्यन्तै दु:खद खबर, सातको मृत्यु

चीनबाट आयो अत्यन्तै दु:खद खबर, सातको मृत्यु

चीनबाट आयो अत्यन्तै दु:खद खबर, सातको मृत्यु

चीन, १२ पुसः उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा च*क्कु आ*क्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको उक्त आ*क्रमणमा कुनै आ*तङ्ककारी समूहले गराएको हुनसक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् ।

कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक बिहान ८ः१४ मा भएको र घटना व्यक्तिगत आवेगका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य सात व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा सम्लग्न व्यक्तिलाई नि*यन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले बताएको छ । (सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका