नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी

लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी

लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी

काठमाडौं, १२ पुस । अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । फिल्म निर्देशक राजेस अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपका साथमा बिन्दिया शाही, निक शर्मा, सपन कुमार थापाले अभिनय गरेका छन् ।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो च्यानल मान्शा मान्शभी क्रियशनमा
अप्लोड गरिएको हो ।

नेपाली गीतसंगीत तथा चलचित्र निर्माणको क्षेत्रमा अघि बढ्ने उद्धेश्यले स्थापना गरिएको मान्शा मान्शभी क्रियशनबाट आगामी दिनमा
धेरैभन्दा धेरै गुणस्तरिय गीत, भिडियो तथा चलचित्र उत्पादन गरिने बताइएको छ ।

लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियो चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको हो । रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राबिधिक निर्देशन रहेको भिडियोको मुख्य साहायक निर्देशक दीपक अधिकारी छन् ।

गीतको भावना अनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उताव–चढावलाई प्रस्तुत गरिएको छ । गीत तथा भिडियोले आम मानिसको मन छुने बिश्वास निर्देशक अधिकारीको छ ।

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका