नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • भट्टीमा दुर्गेशले गरे बबाल नृत्य (भिडियो)

भट्टीमा दुर्गेशले गरे बबाल नृत्य (भिडियो)

भट्टीमा दुर्गेशले गरे बबाल नृत्य (भिडियो)

काठमाडौं । गोविन्द प्रसाद साह उत्पादक रहेको गायक प्रताप दासको स्वरमा रहेको ‘भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ। गीतमा शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ । यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका