नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • ‘कार्टुन क्रु’ का सरोज र आश्मा बिश्वकर्मा फिचर्ड ‘नौतले घर’ सार्वजनिक

‘कार्टुन क्रु’ का सरोज र आश्मा बिश्वकर्मा फिचर्ड ‘नौतले घर’ सार्वजनिक

‘कार्टुन क्रु’ का सरोज र आश्मा बिश्वकर्मा फिचर्ड ‘नौतले घर’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दास र गायिका तुलसा लिम्बुको युगल गायनमा समावेश ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका