नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • बलिउड सुपरस्टार रजनीकान्तको अबस्था नाजुक

बलिउड सुपरस्टार रजनीकान्तको अबस्था नाजुक

बलिउड सुपरस्टार रजनीकान्तको अबस्था नाजुक

एजेन्सी । बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्। उच्‍च रक्तचापका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पताल पुर्‍याइएको हो। अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ । जसमा उनलाई रक्तचाप बाहेक अन्य समस्या नदेखिएको उल्लेख गरिएको छ।

रजनीकान्त १० दिनयता फिल्म अन्नाथ्थेु छायाँकनका लागि हैदरावादमा थिए। छायाँकनमै संलग्न चार मानिसमा कोभिड १९ संक्रमण देखिएपछि रजनीकान्तको पनि डिसेम्बर २२ मा परीक्षण गरिएको थियो। उनमा संक्रमण पुष्टि भएन। तर पनि उनी आइसोलेसनमा रहेका थिए। शुक्रवार बिहान भने स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको इन्डियन एक्सप्रेसले जनाएको छ।सौर्य दैनिकमा खबर छ ।

महामारीकै कारण अन्नाथ्थेको छायाँकन प्रभावित थियो। डिसेम्बरमा मात्र फिल्म युनिट फ्लोरमा निस्किएको थियो। फिल्मलाई शिवाले लेखन तथा निर्देशन गरेका छन्। अन्य कलाकार खुश्बु, मीना, प्रकाश राज, सतिश र सुरीको अभिनय रहेको छ।

यो पनि पढ्नुहोस्

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
दमक, ११ पुसः टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

उहाँका अनुसार ठक्करबाट सख्त घाइते हुनुभएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका