काठमाडौं । गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ ।
सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।
गीतको शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माको रहेको छ । देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम
(माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् ।गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।