नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • प्रदेश नं १ मा ४१५ सङ्क्रमित निको

प्रदेश नं १ मा ४१५ सङ्क्रमित निको

प्रदेश नं १ मा ४१५ सङ्क्रमित निको

विराटनगर, १० पुस : प्रदेश नं १ का पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २६ हजार ७१० पुगेको छ । प्रदेशमा सोही अवधिमा गरिएको ३१० जनाको पीसीआर परीक्षणमा १६ महिला र २४ पुरुष गरी ४० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा १२, मोरङमा १०, सुनसरीमा नौ, इलाममा तीन, सङ्खुवासभामा दुई, भोजपुर र सोलुखुम्वुमा एक/एक र प्रदेश बाहिरका दुई जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या २९ हजार ६१४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार ७२४ जनाको पीसीआर परीक्षण भइसकेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका