काठमाडौ । मरहटीलाई अंग्रेज़ी भाषामा “Toothache plant” अर्थात दात दुखेको ठिक गराउने बिरुवा भनिन्छ । यसको बैज्ञानिक नाम Acmella oleracea हो ।
यसको प्रयोग/उपयोगिता
१ दात दुखेको अवस्थामा – नाम नै “Toothache plant” (अर्थात दात दुखेको ठिक गराउने बिरुवा) भनेको हुँदा नाम अनुसारको काम त हुने नै भयो ।
२ मुख भित्र र घाटी भित्र घाउहरु भएर खानेकुरा र पानी समेत निल्न गाह्रो भएमा,
३ छाला सम्बन्धी अनेकौं रोगहरु निको पार्न,
४ प्राकृति रुपमा पिसाब खुलाउन यो अत्यन्तै उपयोगी प्रमाणित भएको छ ।
५ मुख सुख्खा भएमा मरहटीको थोरै टुक्रा मुखमा राख्नाने र्याल ग्रन्धीलाई सकृय बनाएर मुख सुख्खा हुन दिदैन ।
६ पेटका घाउ र ग्यास्टिक अल्सर निको पार्न पनि यो निकै उपयोगी हुन्छ ।
७ पुरुषको यौनजन्य हर्मोन उत्पादनमा पनि यसको उल्लेख्य र सकारात्मक भुमिका पाइएको छ ।
८ यसको प्रयोगले कैयौं हानिकारक व्याक्टेरिया फङुस र केही प्रजातिको भाइरसबाट पनि शरीरको रक्षा गर्ने कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन ।
९ चटनी, अचार र तरकारीहरुको स्वाद बढाउन परंरागत मसलाको रूपमा त यसको प्रयोग छदैछ ।
प्रयोग गरिने भागहरु,
मरहटीको सम्पूर्ण बिरुवा अर्थात फूल, पात, डाठ र जरा समेत प्रयोग गर्ने सकिन्छ । हामीले फूललाई बढी प्रयोग गर्दछौ ।
प्रयोग गर्ने तरिका,
यसलाई ताजा अर्थात काचै, पकाएर, सुकाएर र पाउडर जस्तो धुलो बनाएर प्रयोग गर्न सकिन्छ ।
सावधानी,
यसको एलर्जी हुनेहरुले, गर्भवतीहरुले, पिसाब खुलाउने औषधि सेवन गरेको बेला, प्रोस्टेट क्यान्सर भएका ब्यक्तिहरुले यसको बढी प्रयोग गर्नु हुदैन ।