नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • अनेकताका बीच बलियो एकताः मुख्यमन्त्री पौडेल

अनेकताका बीच बलियो एकताः मुख्यमन्त्री पौडेल

अनेकताका बीच बलियो एकताः मुख्यमन्त्री पौडेल

वाग्मती, १० पुसः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ ।

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ ।

“क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका