नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • नेकपाको वैधानिकता नटुंगिँदै वडासम्म विभाजन सुरु भयो

नेकपाको वैधानिकता नटुंगिँदै वडासम्म विभाजन सुरु भयो

नेकपाको वैधानिकता नटुंगिँदै वडासम्म विभाजन सुरु भयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अबको दुई साताभित्र वडा तहसम्मै विभाजन हुने कार्यक्रम सार्वजनिक भएको छ । दुवै समूह (ओली र प्रचण्ड-माधव) यति रफ्तारमा छुट्टै पार्टी संरचना निर्माण गर्नतिर कस्सिएका छन् कि एकताको २९ महिनामा मिल्न सकस परिरहेको पार्टी, पुस मसान्तअघि नै वडातहसम्मै दुई भागमा बाँडिँदै छ ।

पुस ७ मा छुट्टा-छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएर विभाजनको प्रष्ट संकेत दिने गरी निर्णय गरेका दुवै समूहले विहीबार एकैपटक र समयमा केन्द्रीय कमिटी बैठक राखेर वडासम्मै विभाजनको कार्यक्रम तय गरेका छन् ।

बबरमहलमा सकिएको बैठकबाट प्रचण्ड-माधव समूहले पुस २५ सम्म वडासम्मै विभाजनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार, पुस ९ मा माइतीघर मण्डलामा सांसद र केन्द्रीय सदस्यहरुको भेला गरेर सर्वोच्च अदालत जाने अनि दिउँसो २ बजे पत्रकार सम्मेलन हुने छ ।

पुस ११ मा सबै प्रदेश कमिटीको बैठक बस्ने र पुस १२ मा ७७ वटै जिल्ला भेला र बैठक गर्ने प्रचण्ड-माधव समूहले निर्णय गरेको छ । त्यसैगरी, पुस १४ मा राजधानी उपत्यकासहित सबै जिल्लामा प्रदर्शन गरिने छ ।

त्यसै दिन जनसंगठनहरुको राजधानी उपत्यकामा भेला हुनेछ भने पुस २० मा सबै पालिकामा बैठक तथा भेला र पुस २५ मा वडा भेलाहरु हुनेछन् । अर्थात्, यो महिनाभित्रै पार्टी विभाजनमा माथिदेखि तलसम्म छुट्टै संरचनाहरु निर्माण हुने लगभग पक्का भएको छ । हेर्नुहोस पुस १० गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका