नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • प्रदेश नं १ मा ५१५ सङ्क्रमित निको

प्रदेश नं १ मा ५१५ सङ्क्रमित निको

प्रदेश नं १ मा ५१५ सङ्क्रमित निको

विराटनगर, ९ पुस: प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१५ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशनबाट ५०१, मेची अस्पतालबाट पाँच, कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र विराटनगरबाट चार, विराट मेडिकल कलेज बुढीगङ्गा मोरङबाट तीन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र न्यूरो अस्पताल विराटनगरबाट एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २६ हजार २९६ पुगेको छ ।

सोही अवधिमा प्रदेशमा ३९० जनाको पिसिआर परीक्षण गरिएकामा २१ महिला र २९ पुरुष गरी ५० सङ्क्रमित थपिएका छन् । थप हुनेमा मोरङमा १७ मध्ये विराटनगरमा १३, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा एक÷एक तथा प्रदेश बाहिरका चार जना रहेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ५७४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार ४१४ जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका