नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • सेती भिरबाट लरी खस्दा तीनको मृत्यु

सेती भिरबाट लरी खस्दा तीनको मृत्यु

सेती भिरबाट लरी खस्दा तीनको मृत्यु

नवलपुरः कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट आज बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ट्रक चालक मकवानपुरको हेटौँडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताउनुभयो । दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका