नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • कांग्रेस बैठक आज पुनः बस्ने

कांग्रेस बैठक आज पुनः बस्ने

कांग्रेस बैठक आज पुनः बस्ने

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ । आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराउनुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले आआफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बुधबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने उहाँले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका