नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • म्युजिक भिडियोमा गम्भीर र ऋचाको बिछोड (भिडियो)

म्युजिक भिडियोमा गम्भीर र ऋचाको बिछोड (भिडियो)

म्युजिक भिडियोमा गम्भीर र ऋचाको बिछोड (भिडियो)

काठमाडौं– अमेरिकामा बसेर सिर्जनामा सक्रिय गोपाल प्याकुरेलको शब्दमा सुगम संगीतमा आधारित ‘चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर लोकप्रिय गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको रहेको छ। यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन्। मनोहर सुनामको गीतमा संगीत संयोजन रहेको छ।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड छन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन्। भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ। मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका