नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • प्रदेश १ मा २२३ सङ्क्रमित निको भए

प्रदेश १ मा २२३ सङ्क्रमित निको भए

प्रदेश १ मा २२३ सङ्क्रमित निको भए

विराटनगर : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३ सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।

यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जना कोरोना पोजेटिभ थपिएका छन् ।

थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक/एक जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका