नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

  • Govinda Karki
  • मङ्लबार, मंसिर ३०, २०७७
प्रदेश नं १ मा १०६ कोरोना सङ्क्रमित थपिए

विराटनगर, ३० मङ्सिर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप हुनेमा सुनसरीमा ३४, मोरङमा २४ मध्ये विराटनगरमा १५, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका आठ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशमा आज ७८ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म सङ्ख्या २३ हजार ९१६ निको भएर घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख एक हजार ९५६ को पिसिआर परीक्षण भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका