नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिए, ९६ जना डिस्चार्ज

प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिए, ९६ जना डिस्चार्ज

प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिए, ९६ जना डिस्चार्ज

विराटनगर, २२ मङ्सिरः पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ ।

अझै पनि सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका