नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोनाबाट तीन सङ्क्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट तीन सङ्क्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट तीन सङ्क्रमितको मृत्यु

गण्डकी: गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ११९ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष, पोखरा–११ का ७२ वर्षीया महिला र पोखरा–१२ का ८० वर्षीय पुरुष छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४० छ भने सात हजार २९२ निको भएका छन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका