नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • आज प्रदेश नं १ मा २८७ सङ्क्रमित

आज प्रदेश नं १ मा २८७ सङ्क्रमित

  • Nirmala Karki
  • बिहिबार, मंसिर १८, २०७७
आज प्रदेश नं १ मा २८७ सङ्क्रमित

विराटनगर, १८ मङ्सिरः प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन÷तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७ हजार ८२० पुगेको छ ।

दश जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका