काठमाडौं । गायक तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायण झाले १ डिसेम्बर अर्थात आज विवाह गर्दैछन् । बलिउडका चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले आँफैले रोजेकी केटीसँग बाबु आमाले मञ्जुरी दिएसँगै आज विबाह गर्न लागेका हुन् ।
आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुने र जम्मा ५० जना मानिसहरु मात्र सहभागी हुने भारतीय मिडियाले जनाएको छ । समाचारमा जनाइए अनुसार विबाहमा कम मानिसहरु सहभागी हुने भएता पनि विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ ।जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ । आदित्यको २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ ।
जुन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका भिआइपीहरुको उपस्थिीति हुने बताइएको छ ।