नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

  • Govinda Karki
  • मङ्लबार, मंसिर १६, २०७७
अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँः संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ ।

नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गर्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका