नेपाली खोज
बुधबार, माघ ५, २०७८
  • होमपेज
  • कृषकका गुनासा हट्न समय लाग्छ, विकासमन्त्री घनश्याम भुसाल

कृषकका गुनासा हट्न समय लाग्छ, विकासमन्त्री घनश्याम भुसाल

कृषकका गुनासा हट्न समय लाग्छ, विकासमन्त्री घनश्याम भुसाल

चितवन, १३ मङ्सिरः कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उहाँले यस क्षेत्रको भविष्य राम्रो रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।” उहाँले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिनुभयो ।

पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उहाँको जिकिर थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका