नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

  • Nirmala Karki
  • सोमवार, कार्तिक २४, २०७७
कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

बुटवल, २४ कात्तिकः कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना हुनुभएकी थिइन् । एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका