नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • मानहुँकोटमा अब दिनमा ३०० जनामात्रै जान पाउने, जग्गा किनबेचमा रोक !

मानहुँकोटमा अब दिनमा ३०० जनामात्रै जान पाउने, जग्गा किनबेचमा रोक !

  • Nirmala Karki
  • सोमवार, कार्तिक २४, २०७७
मानहुँकोटमा अब दिनमा ३०० जनामात्रै जान पाउने, जग्गा किनबेचमा रोक !

तनहुँको व्याँस नगरपालिका-५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा दैनिक ३०० जनालाई मात्रै अनुमति दिइने भएको छ । एकाएक पर्यटकको संख्या अत्यधि बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए । आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए । बैठकले मानहुँकोटको जग्गा खरिद-बिक्रीमा समेत रोक लगाएको छ । हेर्नुहोस कार्तिक २४ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका