नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • प्रधानमन्त्री ओलीले नेता नेपालसँग मागे सहयोगको हात

प्रधानमन्त्री ओलीले नेता नेपालसँग मागे सहयोगको हात

  • Nirmala Karki
  • सोमवार, कार्तिक २४, २०७७
प्रधानमन्त्री ओलीले नेता नेपालसँग मागे सहयोगको हात

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोगको हात बढाएका छन् । प्रम ओलीले आज बालुवाटार बसेको छलफलमा नेकपा पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको भन्दै नेता नेपालसँग सहयोग मागेको बालुवाटार स्रोतले बताएको छ ।

छलफलमा पार्टी कार्यदल गठन गर्नुभन्दा अघिको मोडमा पुगेको भन्दै प्रम ओलीले वरिष्ठ नेता नेपालको सहयोग मागेका थिए तर यसको उत्तरमा नेता नेपालले पार्टीको यो अवस्था तपाईको काम गर्ने शैलीले भएको हो भन्दै प्रम ओलीलाई नै सच्चिन आग्रह गरेका स्रोतले जानकारी दिएको छ ।

नेता नेपालले आफु पार्टी एकताको पक्षमा रहेकोले प्रम ओली आफै सच्चिनु पर्ने धारणा राखेका हुन् । आज बालुवाटारमा भएको छलफलमा पार्टी भित्र उत्पन्न भएको समस्यालाई कसरी हल गर्ने भन्ने विषयमा केन्द्रित भएको नेता भीम रावले जानकारी दिएका छन् ।
छलफल दिउँसो साढे एक बजे देखि सुरु भएर सवा चार सकिएको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका