नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • आज प्रदेश १ मा ६०० सङ्क्रमित निको भए

आज प्रदेश १ मा ६०० सङ्क्रमित निको भए

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
आज प्रदेश १ मा ६०० सङ्क्रमित निको भए

विराटनगर,२३ कात्तिकः प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

प्रदेशमा आज नै ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका